Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली हिन्दु महिलाले मनाउने प्रमुख पर्व तीज सोमबारदेखि दर खाने दिनसँगै सुरु भएको छ। यस दिन विभिन्न मीठा परिकार बनाएर खाने र दिदीबहिनीलाई खुवाउने परम्परा छ। दर खाएपछि भोलिपल्ट हरितालिका तीजमा निराहार व्रत बस्ने गरिन्छ।

तीजको पहिलो दिनलाई “दर खाने दिन” भनिन्छ। विवाहित महिलाले पतिको दीर्घायुको कामना र अविवाहित महिलाले सुयोग्य पति पाउन सकून् भन्ने उद्देश्यले व्रत बस्ने भएकाले अघिल्लो रात पौष्टिक खानेकुरा खाने चलन छ। दरमा खिर, गुँद, हलुवा, ढकनी, घिउ, दही, दूध, मिठाई र सेलरोटी जस्ता परिकार खाने गरिन्छ। स्थान अनुसार खाने परिकार फरक भए पनि आधुनिकतासँगै नयाँ परिकार पनि समावेश हुन थालेका छन्।

हरेक ठाउँमा दर खाने समय र तरिका पनि भिन्न हुन्छ। कतै साँझमा मात्र दर खाने चलन छ भने कतिपय ठाउँमा मध्यरातमा खाने प्रथा छ। पहिले तीजको अघिल्लो दिन मात्र दर खाने परम्परा भए पनि अहिले राजधानीलगायतका स्थानमा एक महिना अघिदेखि नै दर खाने कार्यक्रम गर्न थालिएको छ।

परम्पराअनुसार देवी पार्वतीले भगवान शिवलाई पाउन निराहार व्रत बसेकी थिइन्। त्यसैको आधारमा महिलाले दर खाएर भोलिपल्ट व्रत बस्ने र पतिको दीर्घायु तथा सुखसमृद्धिको कामना गर्ने चलन आजसम्म कायम छ।

तपाईको प्रतिक्रिया