समाचार सुन्नुहोस :
काठमाडौँ – आइतबार सुनको मूल्य एकैपटक तोलामा २ हजार ३०० रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा आइतबार मूल्य बढेको हो।
यससँगै छापावाल सुनको मूल्य तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँ पुगेको छ। शुक्रबार सोही सुनको मूल्य तोलामा १ लाख ९५ हजार २०० रुपैयाँ थियो। शनिबार भने महासंघले मूल्य तोकेको थिएन।
सुनसँगै आइतबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार तोलामा २ हजार ३१० रुपैयाँ रहेको चाँदी आइतबार बढेर तोलामा २ हजार ३५० रुपैयाँ पुगेको छ।








