Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल भ्रमणमा रहेकी भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनसँग सोल्टी होटलमा शिष्टाचार भेटवार्ता गरेकी छन्।

समाजवादी गणतन्त्र भियतनामकी उपराष्ट्रपति सुआन तीनदिने औपचारिक भ्रमणका लागि उपराष्ट्रपति रामसहायप्रसाद यादवको निमन्त्रणामा आज काठमाडौं आएकी हुन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उनलाई परराष्ट्रमन्त्री राणा र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्वागत गरेका थिए।

भियतनामतर्फबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो। भ्रमणका क्रममा उपराष्ट्रपति यादव र उपराष्ट्रपति सुआनबीच भदौ ८ गते काठमाडौंमा प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ। त्यस्तै, सुआनले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ।

यस वर्ष नेपाल–भियतनाम कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वर्षगाँठ परेकाले यो भ्रमणलाई विशेष महत्वका साथ हेरिएको छ। उपराष्ट्रपति सुआन भदौ ९ गते स्वदेश फर्कने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया