Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मुलुकको अर्थतन्त्र अहिले सुधारतर्फ फर्किएको दाबी गरेका छन्। उनले शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा अर्थतन्त्र कमजोर भएको तर केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि सुधार भएको बताए।

पोखरेलका अनुसार प्रचण्ड प्रधानमन्त्री हुँदा शिक्षक र कर्मचारीलाई तलब दिन नसक्ने अवस्था थियो। राजस्व घटेको, निर्माण व्यवसायीले भुक्तानी नपाएको र उद्योग–व्यवसाय बन्द हुने अवस्था आएको उनले स्मरण गराए। “त्यसबेला देश आर्थिक संकटमा पुगिसकेको थियो,” पोखरेलले भने।

उनका अनुसार अहिले सरकार बनेपछि राजस्व बढेको छ, खर्च गर्ने क्षमता बढेको छ र कर्मचारीलाई तलबको चिन्ता छैन। साथै, नेपाली कांग्रेस र एमालेले अघि सारेका नीतिगत सुधारले निजी क्षेत्र उत्साहित भएको उनले बताए। पोखरेलका भनाइमा, अहिले देशमा लगानीको वातावरण बनेको छ र व्यवसायीहरू सक्रिय रूपमा लगानी गर्न थालेका छन्।

तपाईको प्रतिक्रिया