Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रति आक्रामक टिप्पणी गर्दै त्यसलाई विचार, लक्ष्य र बलिदानको इतिहास नभएको पार्टीको संज्ञा दिएका छन् ।

बुधबार काठमाडौँमा आयोजित स्वर्गीय नेता प्रदीप गिरीको स्मृति सभामा बोल्दै नेता पुनले त्याग, जेलनेल र संघर्षको लामो पृष्ठभूमि बिना नै नयाँ दलहरू राजनीतिको केन्द्रमा आउनु स्थापित दलहरू र समग्र लोकतान्त्रिक गणतन्त्रका लागि गम्भीर प्रश्न भएको बताए ।

आफ्नो मन्तव्यका क्रममा उनले विगतमा पञ्चायतकालको तुलनामा देशले समावेशिता, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र मानव अधिकारका सूचकांकहरूमा ठूलो प्रगति गरेको तथ्यलाई स्वीकार्नुपर्ने बताए । ‘यो परिवर्तन तथ्यले पुष्टि गर्छ र अहिलेकै अग्रज नेताहरूको देन हो,’ उनले भने, ‘तर यति हुँदाहुँदै पनि नेताहरूमाथि प्रश्न किन उठिरहेको छ? यसलाई हामीले कम आँक्नु हुँदैन ।’

रास्वपाप्रति लक्ष्य गर्दै उनले भने, ‘कुनै विचार छैन, राजनीति छैन, कुनै लक्ष्य छैन, त्याग छैन, बलिदान छैन । जेल, नेल, युद्ध केही पनि छैन, तर कसरी यो (लोकप्रियता) भइरहेको छ ?’ उनले १० वर्ष लामो सशस्त्र संघर्ष गरेर आएको माओवादी जस्तो पार्टीलाई समेत नयाँ दलले उछिन्न लागेको यथार्थले आफूहरूलाई सोच्न बाध्य बनाएको बताए ।

उपमहासचिव पुनले यसलाई केवल पार्टीहरूको सफलता वा असफलताको विषय मात्र नभएर लोकतान्त्रिक गणतन्त्रमाथिकै प्रश्नको रूपमा बुझ्नुपर्नेमा जोड दिए । उनको यो अभिव्यक्तिले नेपालको राजनीतिमा पुराना र नयाँ दलहरूबीच बढ्दै गएको वैचारिक र राजनीतिक द्वन्द्वलाई उजागर गरेको छ ।

 

तपाईको प्रतिक्रिया