Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ ज्वाला संग्रौलाले संघीय निजामती सेवा विधेयकको ‘कुलिङ पिरियड’ प्रावधानमा विवादित बनेपछि राजीनामा दिएका कांग्रेस सांसद रामहरि खतिवडालाई तत्काल पक्राउ गरी जेल पठाउन माग गरेकी छन् । खतिवडाले राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएको भोलिपल्ट संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमार्फत टिप्पणी गरेकी हुन् ।

उनले राजीनामालाई ‘कुकर्म र अपराध पखाल्ने’ प्रयासको संज्ञा दिँदै सांसद पदबाट समेत बर्खास्त गर्न माग गरेकी छन् । संग्रौलाले आफ्नो फेसबुकमा लेखेकी छन्, ‘राजीनामा दिएर कुकर्म र अपराध पखालिन्छ ? तुरुन्तै सांसद पद बर्खास्त गर र जेलमा पठाऊ । बिग्रेको घडीको समय सकिएको छ ।’

संघीय निजामती विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’को व्यवस्थालाई निष्प्रभावी बनाइएको विषय सार्वजनिक भएपछि खतिवडा विवादमा तानिएका थिए । चौतर्फी दबाबपछि उनले मंगलबार संसद बैठकबाटै सभापति पदबाट राजीनामा दिएका थिए ।

राजीनामा दिइसकेपछि उनले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई राजीनामा नदिन आग्रह गरे पनि नैतिकताका आधारमा पद त्याग गरेको बताएका थिए । खतिवडाले आफू छानबिनमा दोषी देखिए जुनसुकै सजाय भोग्न तयार रहेको बताउँदै आएका छन् । तर, रास्वपा नेतृ संग्रौलाले भने राजीनामालाई मात्रै पर्याप्त नभएको भन्दै उनीमाथि कानुनी कारबाही हुनुपर्नेमा जोड दिएकी हुन् ।

तपाईको प्रतिक्रिया