Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले मदन भण्डारी फाउन्डेसनबारे कडा प्रश्न उठाएका छन्। सोमबार च्यासलमा मदन–आश्रित प्रतिष्ठानका पदाधिकारीलाई शपथ ग्रहण गराउँदै उनले फाउन्डेसनलाई ‘ठगीखाने भाँडो’ भएको आरोप लगाए।

ओलीले फाउन्डेसनको स्वरूपबारे शंका व्यक्त गर्दै भने, “यो व्यक्तिगत हो कि परिवारको, श्रीमान–श्रीमतिको हो कि आन्दोलनको लागि? के हो यो? पार्टीका नाममा बनाइएको संस्था हो, तर ठगीखाने भाँडो बनेको छ।”

उनको टिप्पणी हालै एमालेको सक्रिय राजनीतिमा फर्कने घोषणा गरेकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई लक्षित थियो। एमालेले भण्डारीको सदस्यता नवीकरण रोकेर सक्रिय राजनीतिमा प्रवेश रोक्ने प्रयास गरे पनि उनले फाउन्डेसनमार्फत पार्टीसँगै समानान्तर गतिविधि सञ्चालन गरिरहेकी छन्।

फाउन्डेसनले जननेता मदन भण्डारीको हीरक जयन्ती मनाउने तयारी गरिरहेको छ। सो अवसरलाई भण्डारीले आफ्नो राजनीतिक सक्रियता बढाउने माध्यम बनाउँदै सम्पर्क कार्यालय खोलेकी छन्। ओली पक्षधरहरूले उनलाई रोक्ने प्रयास गरे पनि उनले गतिविधिलाई अझ तीव्र बनाइरहेकी छन्।

तपाईको प्रतिक्रिया