Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – धनकुटामा गाईजात्रा मनाउने क्रममा सवारी दुर्घटना हुँदा १७ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार, धनकुटा नगरपालिका–८ टेकुनालामा बा २ च २३०९ नम्बरको पिकअप भ्यान दुर्घटना भएको हो।

दुर्घटनामा परेकामध्ये ३ जनाको अवस्था गम्भीर छ। घाइतेहरूलाई उद्धार गरेर जिल्ला अस्पताल धनकुटामा उपचारका लागि भर्ना गरिएको छ। अस्पतालमा घाइतेका आफन्त र स्थानीयको भीड लागेको छ।

गम्भीर घाइते भएकाहरूलाई थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया