Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चक्रे मिलन (मिलन गुरुङ) समूहका १९ जनालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको आरोपमा अनुसन्धान भइरहेको छ। साउन १५ गते साम्बाला होटलबाट चक्रेसहित ४७ जना पक्राउ परेका थिए।

जिल्ला प्रशासन कार्यालय काठमाडौँले ती १९ जनालाई थप पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो। प्रहरीका अनुसार उनीहरूलाई पटके कसुरदार (उही अपराधमा पटक–पटक संलग्न) कायम गरेर अनुसन्धान प्रतिवेदन बुझाउने तयारी भइरहेको छ। कानुन अनुसार यस्तो अवस्थामा अदालतमा मुद्दा दायर गर्नुपर्ने हुन्छ।

काठमाडौँ प्रहरीका एसएसपी विश्व अधिकारीका अनुसार चक्रे समूहका ९ जना एउटै अपराधमा पटक–पटक संलग्न रहेको प्रमाण भेटिएको छ। प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपछि सरकारी वकिलले काठमाडौँ जिल्ला अदालतमा अभियोजन गर्नेछ। पटके कसुरदार कायम गरेर मुद्दा दायर गर्दा थप सजाय माग गर्न सकिने कानुनी व्यवस्था छ।

अहिले काठमाडौँ प्रहरीको हिरासतमा चक्रे मिलनसहित गणेश बहादुर बोगटी, निराजन पौडेल, रोशन सुवेदी, राजेश खड्का, सन्दीप केसी, राहुल खड्का, यामु पौडेल, सौरभ सुनार, डिल्लीराज कँडेल, ऋतिक लामा, चन्द्रदेव कार्की, जित बहादुर लामा, प्रकाश गोले, अमिर आले मगर, उत्तम महर्जन, प्रनिश केटल, राजु परियार र सफल शाही रहेका छन्। सबैको बयान र अनुसन्धान प्रक्रिया पूरा भइसकेको छ।

तपाईको प्रतिक्रिया