समाचार सुन्नुहोस :
काठमाडौँ – जनकपुरको थापाचोकमा रेल र कार ठोक्किएको छ। बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कार रेलसँग ठोक्किएको हो। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन।
रेल भांगहाबाट जनकपुरतर्फ जाँदै थियो भने थापाचोकबाट जानकी मन्दिरतर्फ जाँदै गरेको कारले रेलवे लिक क्रस गर्न खोज्दा ठोक्किएको प्रत्यक्षदर्शीले बताएका छन्।
प्रहरीका अनुसार घटनाको विस्तृत विवरण आउन बाँकी छ।








