Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले गाईजात्रा पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत गाईजात्रा मनाउने परिवारमा छिट्टै शोक निवारण होस् र व्यङ्ग्य–मनोरञ्जनका रूपमा पर्व मनाउनेहरूले स्वस्थ मनोरञ्जन प्राप्त गरून् भन्ने कामना गरेका छन्।

ओलीले गाईजात्रा नेवारी परम्पराबाट सुरु भई प्रताप मल्लको शासनकालदेखि देशभर फैलिएको बताएका छन्। उनका अनुसार, यस पर्वको सुरुआत मृत्यु शोकमा रहेका परिवारलाई सान्त्वना दिने उद्देश्यले गरिएको हो। परिवारले घरबाट गाईजात्रा निकालेर मृत्युको पीडा कम गर्ने र समाजमा मृत्यु जीवनको स्वाभाविक सत्य हो भन्ने सन्देश दिने परम्परा रहेको उनले उल्लेख गरेका छन्।

समयसँगै यो पर्व हास्यव्यङ्ग्य र सांस्कृतिक मनोरञ्जनको माध्यममा रूपान्तरित भएको ओलीले बताए। परम्परागत रूपमा भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने गाईजात्रा आज काठमाडौँ उपत्यकासहित देशभर विभिन्न सांस्कृतिक कार्यक्रमका साथ मनाइँदैछ।

तपाईको प्रतिक्रिया