Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – कास्की प्रहरीले पोखराको विभिन्न स्थानबाट साढे ६ किलो अवैध सुनसहित ११ भारतीय नागरिकलाई पक्राउ गरेको छ। गोप्य सूचनाका आधारमा प्रदेश प्रहरीको सहयोगमा गरिएको ‘अपरेसन एलो मेटल’बाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेमा महाराष्ट्र, पश्चिम बंगाल र कोलकत्ताका नागरिक रहेका छन्। उनीहरूको साथबाट ६ किलो ४ सय ग्राम सुन र ४ सय ४४ तोला चाँदी बरामद भएको प्रहरीले जनाएको छ। बरामद सुनको मूल्य करिब १० करोड ९८ लाख रुपैयाँ र चाँदीको मूल्य करिब १० लाख २८ हजार रुपैयाँभन्दा बढी छ।

प्रहरीका अनुसार विभिन्न व्यक्तिहरूको साथबाट फरक–फरक मात्रामा सुन, चाँदी र नगद फेला परेको छ। राजेन्द्र रामचन्द्र जगतापको साथबाट सबैभन्दा बढी सुनचाँदी र नगद बरामद भएको हो। बरामद सुनचाँदी अवैध कारोबारमा संलग्न कालिगडहरूबाट आएको प्रहरीले अनुमान गरेको छ।

अर्को आरोपी सञ्जय ढावको साथबाट समेत सुन, चाँदी र नगद बरामद भएको छ। पक्राउ परेकासहित बरामद सामान राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइने कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाले बताए। उनका अनुसार यो कारबाही पोखरामा हुँदै आएको अवैध सुन–चाँदी कारोबार नियन्त्रणमा महत्वपूर्ण सफलता हो।

तपाईको प्रतिक्रिया