Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले थारु र मधेसीले पटक–पटक बलिदान दिए पनि अधिकार नपाएको गुनासो गरेका छन्। कैलालीमा शनिबार संघीय लोकतान्त्रिक मोर्चाले आयोजना गरेको ‘जनजागरण अभियान’ कार्यक्रममा उनले थारु–मधेसीलाई मिल्न नदिने षड्यन्त्र अझै चलिरहेको आरोप लगाए। उनले चेतावनी दिँदै जनताले चाह्यो भने अहिलेको शासन पनि एकछिनमै परिवर्तन गर्न सक्ने बताए।

कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेसम चौधरीले उत्पीडितहरूको एकताका लागि मोर्चा गठन भएको बताए। रुपन्देही–३ को उपनिर्वाचनमा जसरी पनि जित्नुपर्ने बताउँदै उनले राज्यबाट पटक–पटक अन्याय भोगेको अनुभव सुनाए। राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झाले मोर्चा उत्पीडित जनताको अधिकार र पहिचानका लागि आवश्यक भएको बताए। उनले सरकारलाई औपनिवेशिक सोचको भएको आरोप लगाउँदै षड्यन्त्रविरुद्ध मोर्चा तयार रहेको जनाए।

जनता समाजवादी पार्टीका उपाध्यक्ष विद्युत् बज्राचार्यले शासक वर्गले २५० वर्षदेखि उत्पीडितलाई विभाजन गरेर शासन गरेको आरोप लगाए। जनता प्रगतिशील पार्टीका नेता उपेन्द्र उपाध्यायले भ्रष्टाचार र कुशासन अन्त्यका लागि मोर्चा गठन भएको बताए।कार्यक्रममा विभिन्न वक्ताले धारणा राखेका थिए र थारु संस्कृतिका नृत्यहरू प्रस्तुत गरिएका थिए। मोर्चाले हाल देशव्यापी जनजागरण अभियान चलाइरहेको छ।

तपाईको प्रतिक्रिया