समाचार सुन्नुहोस :
काठमाडौँ – कैलाली कारागारमा भएको झडपमा एक कैदीको मृत्यु भएको छ भने ५० जना घाइते भएका छन्।
मृत्यु हुनेमा धनगढी–४ का भरत चौधरी रहेका छन्। कारागारभित्रको यो झडप हिजो राति करिब ११ बजे भएको हो।
घाइतेकैदीहरूको विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ।








