Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – इजरायलमा हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि उनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी इजरायल जाँदै छन्। उनीहरू आगामी सोमबार प्रस्थान गर्ने तयारीमा छन्।

विपिनका दाइ किशोर जोशीका अनुसार इजरायली दूतावासको पहलमा आमा र बहिनीलाई लैजाने तयारी भएको हो। ‘एम्बेसीले लैजाने भनेको छ, सोमबारको टिकट काटिएको छ,’ उनले जानकारी दिए। हाल उनीहरू काठमाडौंमा छन् र यही प्रयोजनका लागि केही दिनअघि राजधानी पुगेका थिए।

सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको टीकापुर कृषि क्याम्पसका ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत २०८० भदौको अन्तिम साता इजरायल गएका थिए। तीमध्ये विपिन २०८० असोज २० गतेदेखि सम्पर्कविहीन छन्। युद्ध सुरु भएपछि इजरायली सेना आईडीएफले विपिनलाई हमास लडाकुले स्थानान्तरण गर्दै गरेको भिडियो सार्वजनिक गरेको थियो। त्यसयता उनको अवस्थाबारे कुनै जानकारी छैन।

हमासको आक्रमणमा इजरायलमा १० नेपाली विद्यार्थी मारिएका थिए। हमासले फालेको ग्रिनेड अर्को दिशातर्फ फालेर साथीहरूलाई जोगाउने क्रममा विपिनलाई बन्धक बनाइएकामा, उनको उद्धारका लागि परिवारले राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्चपदस्थ व्यक्तिलाई पटक–पटक भेटेका छन्। तर अहिलेसम्म ठोस प्रगति भएको छैन।

तपाईको प्रतिक्रिया