काठमाडौँ – चलचित्र ‘माग्ने राजा’ को ट्रेलर सार्वजनिक गरिएको छ। निर्माण पक्षले आज ट्रेलर सार्वजनिक गरेको हो। कमेडी शैलीमा तयार पारिएको ट्रेलरमा मुख्य कलाकारहरूको अभिनय देख्न सकिन्छ। ट्रेलरले कलाकार केदार घिमिरे (माग्ने बुढा) को जीवनमा आएका उचारचढाव प्रस्तुत गरेको छ।
‘माग्ने राजा’ आगामी भदौ ६ गतेदेखि प्रदर्शनमा आउनेछ। यो चलचित्र मुनाल घिमिरेले निर्माण गरेका हुन् भने ऋषि लामिछानेले निर्देशन गरेका हुन्। कथा सामीप्यराज तिमलसेनाले लेखेका हुन्।
चलचित्रमा केदार घिमिरेसँगै वर्षा शिवाकोटी, पुष्कर गुरुङ, शिशिर वाङ्देल, शारदा गिरी र टिकटकर मिस पबीले अभिनय गरेका छन्।








