Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणा दिन भारतीय विदेश सचिव बिक्रम मिश्री नेपाल आउन लागेका छन्। स्रोतका अनुसार मिश्री भदौ १ गते (अगस्ट १७) काठमाडौँ आउने तयारीमा छन्।

भारतले प्रधानमन्त्री ओलीलाई आगामी भदौ ३१ देखि असोज १ गतेसम्म भारत भ्रमणको प्रस्ताव गरेको छ। यद्यपि भ्रमणको ठोस मिति अझै टुंगो लागेको छैन।

विदेश सचिव मिश्रीले काठमाडौँमा प्रधानमन्त्री ओलीलाई भेटेर मोदीको तर्फबाट औपचारिक निमन्त्रणापत्र बुझाउने कार्यक्रम छ। सो भेटमा ओलीको भारत भ्रमणका सम्भावित एजेन्डाहरूमा पनि छलफल हुने बताइएको छ।

तपाईको प्रतिक्रिया