Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली र तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभबीच भेटवार्ता भएको छ। भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनका क्रममा भएको यस दुईपक्षीय भेटमा दुई देशबीचको सम्बन्धबारे चर्चा भएको हो।

प्रधानमन्त्री ओलीका अनुसार नेपाल र तुर्कमेनिस्तान दुवै भूपरिवेष्ठित मुलुक भएकाले आगामी दिनमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरिएको छ। उनले नेपालको विकास अवस्थाबारे पनि राष्ट्रपति बेरदिमुहामेदोभलाई जानकारी दिएका छन्।

भेटमा प्रधानमन्त्री ओलीले तुर्कमेनिस्तानका राष्ट्रपति सरदार बेरदिमुहामेदोभलाई नेपाल भ्रमणको निम्तो पनि दिएका छन्। यसअघि बुधबार नै प्रधानमन्त्री ओलीले सम्मेलन अन्तर्गत दक्षिण-दक्षिण सहकार्यसम्बन्धी सत्रमा सम्बोधन गरेका थिए।

तपाईको प्रतिक्रिया