Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई २५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

मुख्य न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश मुनेन्द्रप्रसाद अवस्थीको इजलासले बैंकिङ कसुरसम्बन्धी मुद्दामा प्रसाईंलाई धरौटीमा छाड्ने आदेश दिएको हो।

अदालतको आदेश अनुसार, प्रसाईंले नगद २५ लाख रुपैयाँ वा सोही बराबरको बैंक जमानत बुझाएमा पूर्पक्षका लागि मुद्दा तारेखमा राखिनेछ। यदि उनले मागअनुसारको धरौटी वा जमानत दिन नसके, ऐनको दफा ८० अनुसार उनलाई थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइने आदेशमा उल्लेख छ।

तपाईको प्रतिक्रिया