काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताबद्ध भएको दाबी गरेका छन् । सोमबार स्थायी समिति बैठक सम्पन्न गरी बाहिरिने क्रममा स्थायी समिति बैठकबाट पार्टी एकताबद्ध भएको बताएका हुन् ।
उनले पार्टी एक भएर जनतामा जाने बताए । ‘पार्टी एकताबद्ध भएको छ । सबै खाले गुटबन्दी अन्त्य गर्ने सामूहिक प्रतिबद्धता जनाएको छ । फेरि एक पटक जनतामा जान्छौँ’, उनले भने ।








