समाचार सुन्नुहोस :
काठमाडौँ – बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले आज पदबाट राजीनामा दिने तयारी गरेका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा काठमाडौँमा उपचाररत भएकाले प्रक्रिया केही ढिला हुनसक्ने बताइएको छ।
प्रदेश प्रमुख हेटौँडा फर्किएपछि मुख्यमन्त्रीले राजीनामा बुझाउनेछन्। तर समयमै नफर्किए, राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा दर्ता गरिने उनको सचिवालयले जानकारी दिएको छ।
नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताको निर्वाचनमा पराजित भएपछि लामामाथि राजीनामाको दबाब बढेको हो। उनले उक्त निर्वाचनमा इन्द्रबहादुर बानियाँसँग हार व्यहोरेका थिए।
लामाको राजीनामापछि बागमती प्रदेशको नयाँ मुख्यमन्त्री कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँ हुने प्रायः निश्चित छ। एक वर्षअघि कांग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार बानियाँले आगामी आठ महिना मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नेछन्।








