समाचार सुन्नुहोस :
काठमाडौँ – भारतको सीमावर्ती पानीटङ्की नाकाबाट सात नेपाली किशोरीलाई भारतीय प्रहरीले उद्धार गरेको छ। उनीहरूलाई वैदेशिक रोजगारीको बहानामा भारत पुर्याउने दुई पुरुषलाई मानव तस्करीको आरोपमा पक्राउ गरिएको माइती नेपाल, कोशी प्रदेशका संयोजक गोविन्द घिमिरेले जानकारी दिनुभयो।
उद्धार गरिएका सबै किशोरी सङ्खुवासभा जिल्लाका हुन्। पक्राउ परेकामध्ये दार्जिलिङको तोरीबारीका ४१ वर्षीय दिपेश गुरुङ र सङ्खुवासभाको मकालु–३ का ६१ वर्षीय जपन गुरुङ रहेका छन्।
उनीहरूले हङ्कङ रोजगारीका लागि लैजाने भन्दै किशोरीहरूलाई नेपालको काँकडभिट्टा नाकामार्ग हुँदै भारतको पानीटङ्की पुर्याएका थिए।








