Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – मधेशका केही जिल्लामा लामो समयपछि भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार गत २४ घण्टामा विशेष गरी धनुषा, रौतहट र बारामा ठूलो मात्रामा वर्षा भएको हो।

धनुषाको तुल्सी केन्द्रमा ६३.८ मिलिमिटर र हर्दिनाथमा ५१ मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै, रौतहटको गौरमा ४४.६ र बाराको अमलेखगंजमा ४६.४ मिलिमिटर वर्षा भएको छ। ५० देखि १०० मिलिमिटर वर्षा मौसम विज्ञानमा ‘भारी वर्षा’ मानिन्छ। यसअघि लामो समय वर्षा नहुँदा मधेश सुक्खाग्रस्त बनेको थियो र सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो। समयमै रोपाइँ हुन नसकेको किसानका लागि यो वर्षा राहतको खबर बनेको छ।

अन्य जिल्लामा पनि हल्कादेखि मध्यम वर्षा भएको छ। सर्लाहीमा ३७.६ र महोत्तरीको गौशालामा ३२.४ मिलिमिटर वर्षा मापन भएको छ, जबकि सिरहा र सप्तरीमा वर्षा कम भएको छ। मौसमविद्हरूका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालतर्फ सरिरहेको भएकाले आइतबार पनि मधेशमा मध्यमदेखि भारी वर्षा हुने सम्भावना छ।

तपाईको प्रतिक्रिया