समाचार सुन्नुहोस :
काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई पार्टीबाट बिदा लिन सुझाव दिएका छन्।
शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले खनालले पार्टीको नीतिविपरीत बोलेको बताए। खनालले एमाले टुक्र्याउनु गलत भएको भनेको कुरा पार्टीको निर्णय र धारणा विपरीत रहेको भन्दै नेपालले त्यसलाई अस्वीकार गरे। नेपालले भने, “उहाँले एमाले टुक्र्याउनु गलत भन्नुभएको रहेछ। त्यसैले नैतिक आधारमा पार्टीबाट बिदा लिनु उपयुक्त हुन्छ।” उनले खनालले विगतमा पनि बारम्बार पार्टीका निर्णय नमानेको आरोप लगाए र यस्तो अभिव्यक्तिको खास अर्थ नभएको टिप्पणी गरे।
अर्को सन्दर्भमा नेपालले पूर्वराष्ट्रपति तथा उपराष्ट्रपतिले संविधान र कानुनले रोक नलगाएकोले पुनः राजनीतिमा फर्कन पाउने अधिकार भएको बताए। साथै उनले शेरबहादुर देउवा र केपी शर्मा ओली मिलेर बसेका बेला वैकल्पिक सरकार बन्न नसक्ने धारणा राखे।








