Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – लोकप्रिय भिडियो सेयरिङ प्लेटफर्म टिकटकले आफ्नो प्लेटफर्मलाई सुरक्षित र सकारात्मक बनाउने अभियान अन्तर्गत सन् २०२५ को पहिलो त्रैमासिकमा नेपालमा मात्रै १८ लाख ७६ हजारभन्दा बढी भिडियो हटाएको खुलासा गरेको छ । कम्पनीले हालै सार्वजनिक गरेको कम्युनिटी गाइडलाइन्स इन्फोर्समेन्ट रिपोर्ट अनुसार, सामुदायिक निर्देशिका उल्लंघन गर्ने ती भिडियोहरूमाथि जनवरीदेखि मार्चसम्मको अवधिमा कारबाही गरिएको हो ।

यो तथ्यांकले टिकटकले नेपालमा आफ्नो सामग्री अनुगमनलाई निकै कडा बनाएको देखाउँछ । प्रतिवेदनको सबैभन्दा उल्लेखनीय पक्ष कारबाहीको प्रभावकारिता हो । नेपालमा हटाइएका कुल भिडियोमध्ये ९९.६ प्रतिशत भिडियोहरू कुनै प्रयोगकर्ताले उजुरी गर्नु वा देख्नुअघि नै टिकटकको स्वचालित प्रविधिबाट हटाइएको थियो । यसैगरी, ९७.८ प्रतिशत आपत्तिजनक भिडियोहरू पोस्ट भएको २४ घण्टाभित्रै हटाउन सफल भएको कम्पनीले जनाएको छ ।

नेपालमा मात्र नभई विश्वव्यापी स्तरमै टिकटकले आफ्नो नीति उल्लंघन गर्ने सामग्रीमाथि व्यापक कारबाही गरेको छ । २०२५ को पहिलो त्रैमासिकमा विश्वभरबाट २१ करोड १० लाख भिडियोहरू हटाइएको थियो, जुन प्लेटफर्ममा अपलोड भएको कुल सामग्रीको करिब ०.९ प्रतिशत हो । विश्वव्यापी रूपमा हटाइएका भिडियोमध्ये ९९ प्रतिशत कारबाही स्वचालित प्रविधिबाट गरिएको थियो ।

तपाईको प्रतिक्रिया