समाचार सुन्नुहोस :
काठमाडौँ – नेपाली बजारमा आज (बिहीबार) सुन र चाँदी दुबैको मूल्य घटेको छ। बुधबार प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले घटेर १ लाख ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार यो मूल्य १ लाख ९४ हजार ४ सय रुपैयाँ थियो।
चाँदीको मूल्य पनि घटेको छ। बिहीबार प्रतितोला चाँदी २ हजार २ सय ७० रुपैयाँमा कारोबार भएको छ, जुन बुधबारको तुलनामा ४० रुपैयाँ कम हो। बुधबार चाँदी प्रतितोला २ हजार ३ सय १० रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३२ सय ९८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।








