Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

टोकियो – जापानमा जुलाई महिनाको एक हप्तामा प्रचण्ड गर्मीका कारण उत्पन्न स्वास्थ्य समस्याले १० हजारभन्दा बढी मानिस अस्पताल भर्ना भएका छन् । यो तथ्याङ्क यस वर्षको अहिलेसम्मकै सबैभन्दा उच्च साप्ताहिक आँकडा हो । देशका सयौँ स्थानमा तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेपछि यस्तो अवस्था सिर्जना भएको हो ।

अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीका अनुसार, जुलाई २१ देखि २७ सम्मको सात दिनमा लु लाग्ने (हिटस्ट्रोक), गर्मीले हुने थकावट र अन्य समस्याका कारण १०,८०४ जनालाई अस्पताल लगिएको थियो । यस अवधिमा देशका १४ प्रिफेक्चरमा गरी १६ जनाको मृत्यु भएको छ ।

अस्पताल भर्ना भएकामध्ये २६० जनालाई तीन हप्ताभन्दा बढी उपचार आवश्यक परेको थियो भने ३,६२४ जनालाई अल्पकालीन भर्ना गरिएको थियो । अस्पताल पुर्‍याइएकामध्ये ५५.६ प्रतिशत ६५ वर्ष वा सोभन्दा बढी उमेरका ज्येष्ठ नागरिक रहेका छन् ।

मंगलबार दिउँसो ३ बजेसम्ममा देशभरका ९१४ मापन केन्द्रमध्ये ३१८ स्थानमा तापक्रम ३५ डिग्री सेल्सियस नाघेको थियो, जुन सन् २०१० मा तुलनात्मक तथ्याङ्क राख्न थालिएयताकै सबैभन्दा बढी हो । मध्य जापानको गिफु प्रिफेक्चरको गुजोलगायत ३۷ स्थानमा तापक्रमले नयाँ रेकर्ड बनाएको छ, जहाँ पारा ३९.८ डिग्री सेल्सियससम्म पुगेको थियो ।

बुधबारदेखि देशभरि नै अत्यधिक गर्मी जारी रहने पूर्वानुमान गरिएकाले अधिकारीहरूले नागरिकलाई प्रशस्त पानी पिउन र एयर कन्डिसनरको सही प्रयोग गर्न आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया