Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चितवनको चनौली वितरण केन्द्रमा देखिएको विद्युत आपूर्तिसम्बन्धी समस्या समाधान गर्न नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य सोमबार बिहानै चितवन पुगेका छन्। हाल चनौली क्षेत्रमा लोडसेडिङको गुनासो बढ्दै गएपछि चौतर्फी आलोचना भइरहेका बेला शाक्य स्वयं फिल्डमा पुगेका हुन्।

शाक्यले चनौली शाखामा देखिएको समस्या समाधानका लागि मर्मत कार्य जारी रहेको बताए। उनले भने, “प्राविधिक समस्या चाँडै समाधान गरेर नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न म चितवन आएको हुँ।” चितवनमा रहँदा उनले प्राविधिक टोलीसँग छलफल गर्दै समस्या बुझ्ने र समाधानको उपाय खोज्ने काम गरिरहेको जानकारी दिए। उनले थपे, “म बिहानै चितवन आएको हुँ। टोलीका साथीहरूबाट थप जानकारी लिइरहेको छु। आजै बेलुकासम्म समस्या समाधान हुनेछ भन्ने अपेक्षा छ, भोलिदेखि नियमित आपूर्ति हुने विश्वास छ।”

शाक्यले भरतपुर वितरण केन्द्रको पनि निरीक्षण गरेका छन्। त्यहाँ देखिएका केही समस्याबारे छलफल गरिएको उनले बताए। त्यसैगरी, उनले मधेस प्रदेशको जनकपुरसम्म पुगेर डिप बोरिङ जडान कार्य र त्यसबाट देखिन सक्ने सम्भावित प्राविधिक समस्याहरूबारे अनुगमन गर्ने तयारी रहेको बताए।

तपाईको प्रतिक्रिया