समाचार सुन्नुहोस :
काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलस्थित सुन्दरीमाई मन्दिर नजिक खोलामा फसेका तीर्थयात्रीलाई नेपाली सेनाले उद्धार गरेको छ।
सोमबार राति करिब २ः३० बजे नुहाउने क्रममा खोलाको पानी एक्कासी बढ्दा चार भारतीय र एक नेपाली तीर्थयात्री खोलामै फसेका थिए।
उनीहरुलाई नेपाली सेनाको श्री चन्दननाथ गणबाट खटिएको टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सकुशल उद्धार गरेको हो।








