Deneme Bonusu Veren Siteler
सोमवार, असार १, २०८३
Monday, June 15, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – भारतको राजस्थान राज्यको झालावाड जिल्लामा रहेको एक सरकारी विद्यालयमा छत खस्दा ७ जना बालबालिकाको ज्यान गएको छ भने २७ जना घाइते भएका छन्। राजस्थानका शिक्षामन्त्री मदन दिलावरले यो घटनाको पुष्टि गरेका छन्। शुक्रबार बिहान झालावाडको मनोहरथाना क्षेत्रमा रहेको विद्यालय भवनको छत अचानक भत्किएको थियो।

दुर्घटनापछि स्थानीय बासिन्दाले तुरुन्तै उद्धार कार्यमा सहयोग गरेका थिए। घाइतेहरूलाई नजिकैको अस्पतालमा लगेर उपचार थालिएको छ। घाइतेमध्ये केही शिक्षकहरू पनि छन्। भारतीय सञ्चारमाध्यमका अनुसार, विद्यालय भवन निकै पुरानो र कमजोर अवस्थामा रहेकोबारे शिक्षा विभागले पहिल्यै प्रशासनलाई जानकारी गराइसकेको थियो। तर प्रशासनले आवश्यक कदम नचालेका कारण यो दुःखद घटना भएको हो।

मानसुन सुरु हुनुअघि नै सबै सरकारी विद्यालयमा सुरक्षा सुनिश्चित गर्न शिक्षा विभागले निर्देशन जारी गरेको थियो, तर उक्त आदेश प्रभावकारी रूपमा कार्यान्वयन नभएकाले यस्तो दुर्घटना भएको बताइएको छ।

तपाईको प्रतिक्रिया