Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आईसीसी विश्वकप लिग–२ अन्तर्गतको सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई रोमाञ्चक जीतका साथ पराजित गरेको छ। स्कटल्यान्डले दिएको २९७ रनको लक्ष्य नेपालले ४९.५ ओभरमा ९ विकेटको क्षतिमा पुरा गर्‍यो।

नेपालका लागि करण केसीले ४१ बलमा आक्रामक ६५ रन बनाएर जितमा निर्णायक भूमिका खेले। एक समय ८ विकेट गुमाएर दबावमा परेको टोलीलाई करण र सन्दीप लामिछानेले ३८ रनको महत्त्वपूर्ण साझेदारी गर्दै विजयको नजिक पुर्‍याएका थिए। ओपनर कुशल भुर्तेलले ५३ रन बनाए भने गुलशन झा ४२, भीम सार्की ४०, कप्तान रोहित पौडेल ३७ र आसिफ शेख २० रनमा आउट भए।

बलिङतर्फ नेपालका रिजन ढकाल, करण केसी र सोमपाल कामीले समान २ विकेट लिए। सन्दीप लामिछानेले १ विकेट लिँदै बलिङमा पनि योगदान दिए। अब नेपालले सिरिजको दोस्रो खेल बुधबार नेदरल्याण्ड्ससँग खेल्नेछ।

 

 

 

तपाईको प्रतिक्रिया