Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी (साम्बा) अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपमा सहभागी हुन सोमबार बिहान नेपाल फर्किएकी छन्। फ्रान्समा लिग खेल्दै आएकी साम्बा प्रतियोगितामा प्रतिस्पर्धा गर्न स्वदेश फर्किएकी हुन्। तर, उनले आज किर्गिस्तानविरुद्धको पहिलो खेल गुमाउने सम्भावना छ। नेपाली टोलीका मुख्य प्रशिक्षक राजेन्द्र तामाङका अनुसार साम्बाले पहिलो खेलमा आराम गर्ने सम्भावना छ।

नेपालले प्रतियोगिताको पहिलो खेल आज साँझ ६ बजे किर्गिस्तानसँग खेल्दैछ। यसअघि, युएईको लिगमा खेलिरहेकी रेखा पौडेल शनिबार साँझ नेपाल आइसकेकी थिइन् भने पाँच दिनअघि टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा ग्रिसबाट स्वदेश फर्किएकी थिइन्। फिफा अन्तर्राष्ट्रिय विन्डोमा हुने भएकाले यस प्रतियोगिताका खेलहरूले अन्तर्राष्ट्रिय मान्यता पाउनेछन्। नेपालसहित किर्गिस्तान, म्यानमार, र लेबनन प्रतियोगितामा सहभागी छन्।

खेलहरू राउन्ड रोबिन आधारमा खेलिनेछन्, जसमा शीर्ष स्थानमा रहने दुई टोलीबीच उपाधि भिडन्त हुनेछ। प्रतियोगिता दशरथ रंगशालामा हुनेछ, जहाँ खेलहरू दिउँसो २ बजे र साँझ ६ बजे हुने तालिका छ। टिकट दर साधारण पारापिटतर्फ ५०० रूपैयाँ र भिआइपीतर्फ १,००० रूपैयाँ निर्धारण गरिएको छ, जुन खल्ती एपबाट पनि किन्न सकिनेछ।

नेपालले फागुन ५ गते किर्गिस्तान, फागुन ८ गते लेबनान र फागुन ११ गते म्यानमारसँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको लिग चरण र फाइनल गरी नौ दिनमा चार म्याच डे हुनेछ।

 

 

 

 

तपाईको प्रतिक्रिया