Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – प्रधानमन्त्री कप महिला टी-२० क्रिकेटका लागि सुदूरपश्चिम प्रदेशस्तरीय छनोट प्रतियोगिता बैतडीमा आयोजना गरिने भएको छ। सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका कार्यालय सचिव अनिलकुमार विष्टका अनुसार पुस १९ गतेदेखि दशरथचन्द नगरपालिका, सुन्दरखालीस्थित दशरथचन्द क्रिकेट मैदानमा खेल सुरु हुनेछ।

नेपाल क्रिकेट संघको सहयोगमा निर्माण गरिएका दुईवटा टर्फ पिचमा प्रतिस्पर्धा गराउने उद्देश्यसहित प्रदेशस्तरीय प्रतियोगिता आयोजना गरिएको हो। टर्फ पिचले खेलाडीको क्षमता उचाइमा पुर्‍याउन भूमिका खेल्ने भएकाले यो निर्णय लिइएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए।

प्रतियोगिता पुस २५ गतेसम्म सञ्चालन हुनेछ र सुदूरपश्चिमका आठ जिल्लाका टोली सहभागी हुने छन्। प्रतियोगिता संयोजक रमेशबहादुर बोहराका अनुसार टोलीहरूलाई समूह ‘ए’ र समूह ‘बी’ मा विभाजन गरिएको छ। समूह ‘ए’ मा कैलाली, कञ्चनपुर, डडेल्धुरा र दार्चुला छन् भने समूह ‘बी’ मा बैतडी, डोटी, बझाङ र अछाम पर्छन्।

फाइनल खेल पुस २५ गते हुनेछ, जसमा समूह ‘ए’ र ‘बी’ का विजेताहरू भिड्नेछन्। उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रधानमन्त्री कप महिला राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको टोलीमा छनोट गरिने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष वासुदेव जोशीले जानकारी दिए। राष्ट्रिय प्रतियोगिता माघको पहिलो सातादेखि धनगढीमा आयोजना गरिनेछ।

 

 

तपाईको प्रतिक्रिया