Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) को पुरस्कार रकम सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार एक विज्ञप्ति जारी गर्दै यसबारे जानकारी दिएको हो। क्यानका अनुसार प्रतियोगिताको विजेता टिमले एक करोड १० लाख रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता टिमलाई ५१ लाख रुपैयाँ प्रदान गरिनेछ भने तेस्रो स्थान हासिल गर्ने टिमले २५ लाख र चौथो स्थानमा रहने टिमले १५ लाख पुरस्कार हात पार्नेछन्।

यसअघि नै प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडीलाई कार प्रदान गरिने घोषणा गरिएको थियो। अब एनपीएलको प्लेअफ खेलहरू बुधबारबाट सुरु हुने तय भएको छ। शीर्ष चारमा रहेका टोलीहरू सुदूरपश्चिम रोयल्स, जनकपुर बोल्ट्स, चितवन राइनोज र कर्णाली याक्सले प्लेअफमा स्थान सुरक्षित गरिसकेका छन्। यो प्रतियोगिता नेपाली क्रिकेटमा ठूलो योगदान दिने उद्देश्यसहित सञ्चालन भइरहेको छ। यो पुरस्कार रकमले टिम र खेलाडीहरूको उत्साहलाई थप वृद्धि गर्ने अपेक्षा गरिएको छ।

 

 

तपाईको प्रतिक्रिया