Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – वेस्ट इन्डिजका महान क्रिकेटर ब्रायन लारा आज बिहान नेपाल आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनी बिहान साढे आठ बजे अवतरण गरेका थिए। लारा आफ्नी छोरीसँग नेपाल आएका हुन्। उनलाई नेपाल क्रिकेट संघ (क्यान) का प्रतिनिधिहरू स्वागत गर्न विमानस्थल पुगेका थिए ।

विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लाराले यसअघि आफूले भारत भ्रमण गरे पनि नेपालमा पहिलो पटक आउँदा उत्साहित लागेको बताए। क्यानले लारालाई नेपाल प्रिमियर लिग (एनपीएल) को ब्रान्डिङ गर्न विशेष रूपमा निमन्त्रणा गरेको हो। लाराले त्रिवि क्रिकेट मैदानमा पुगेर एनपीएलका केही खेल हेर्ने र पाँच ओभरका लागि कमेन्ट्री गर्ने जनाइएको छ। क्यानका अनुसार लारा नेपालमा चार दिन बस्नेछन्।

५५ वर्षीय लारा क्रिकेट इतिहासमा ४०० रनको ऐतिहासिक व्यक्तिगत इनिङ खेल्ने एकमात्र ब्याट्सम्यान हुन्। उनले आफ्नो करियरमा १३१ टेस्ट खेल्दै ३४ शतक र ४८ अर्धशतकका साथ ११,९५३ रन जोडेका छन्। यस्तै, २९९ एकदिवसीय खेलमा १९ शतक र ६३ अर्धशतक बनाउँदै १०,४०५ रन जोडे। सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिज राष्ट्रिय टिममा रहेका लारा क्रिकेटका सर्वकालीन महान खेलाडीमध्ये एक मानिन्छन्।

 

 

तपाईको प्रतिक्रिया