Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – ३०औँ महानगर दिवसको अवसरमा भएको मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले प्रमुख प्रशासकीय ११ विरुद्ध एक गोल गरेका छन्। खेल सैनिक मुख्यालय भद्रकालीको फुटबल मैदानमा आयोजना गरिएको थियो।

दोस्रो हाफमा बालेनले गोल गर्दै प्रमुख ११ टिमलाई थप बलियो बनाएका थिए। खेलमा प्रमुख ११ ले ५ गोल गर्दा प्रमुख प्रशासकीय अधिकृत ११ ले २ गोल गरेको छ। जनप्रतिनिधिको टिमको नेतृत्व बालेनले गरेका थिए भने प्रशासकीय टिमको नेतृत्व सरोज गुरागाईंले गरेका थिए। खेलको सुरुवात महानगरकी उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल हस्तान्तरण गर्दै गरेकी थिइन्।

प्रमुख ११ का तर्फबाट सन्तोष ढुङ्गेलले २ गोल, नविन भण्डारी र विनय शाक्यले १/१ गोल गरेका थिए। प्रमुख प्रशासकीय ११ का लागि राजु पौडेलले दुवै गोल गरेका थिए। महानगर दिवसको अवसरमा भोलि परम्परागत बाजा गुरु सम्मान, विद्यार्थीस्तरीय हाजिरीजवाफ र शिक्षकस्तरीय कविता वाचन प्रतियोगिताका विजेताहरूलाई पुरस्कृत गरिनेछ। मंसिर २९ गते टुँडिखेलमा औपचारिक कार्यक्रम, सांस्कृतिक झाँकी प्रदर्शन, स्थानीय परिकार प्रदर्शनी र सांगीतिक प्रस्तुति हुने कार्यक्रम रहेको छ।

 

 

तपाईको प्रतिक्रिया