Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई पराजित गरेको छ । शुक्रबार सम्पन्न खेलमा पोखराले लुम्बिनीलाई १० विकेटले पराजित गरेको हो ।

लुम्बिनीले दिएको १७१ रनको लक्ष्य पछाएको पोखराले १६.५ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

पोखराका लागि आन्द्रेज गोउजले शतकीय पारी खेलेका थिए । उनले ५५ बलमा अविजित १०४ रन बनाएका थिए । यो एनपीएलको पहिलो अर्धशतक हो । दिनेश खरेलले अविजित ६१ रन बनाएका थिए ।

 यसअघि टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउँदै १७० रन बनाएको थियो ।

लुम्बिनीका लागि कप्तान रोहित पौडेलले ५९ बलमा अविजित ९५ रन बनाएका थिए भने टम मोरेजले ४५, र सन्दीप जोराले १८ रन बनाएका थिए । त्यस्तै पोखराका विपिन खत्रीले २ विकेट लिएका थिए । पोखराले तेस्रो खेलमा पहिलो जित हासिल गरेको छ भने लुम्बिनीले लगातार दोस्रो हार बेहोरेको छ ।

तपाईको प्रतिक्रिया