Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार तेस्रो जित दर्ता गरेको छ। बिहीबार भएको खेलमा जनकपुरले पोखरा एभेन्जर्सलाई ७ विकेटको फराकिलो अन्तरले पराजित गर्‍यो। पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले मात्र १७ बल बाँकी छँदै तीन विकेटको क्षतिमा पूरा गर्‍यो।

जनकपुरका लागि विदेशी खेलाडी लाहिरु मिलान्थाले ४५ रन, आशिफ शेखले ३३ रन, र जेम्स निशमले नटआउट ४० रन बनाएर जितमा महत्वपूर्ण योगदान गरे। पोखराका बलरमध्ये विपिन कार्की, कुशल भुर्तेल र माइकल लिस्कले समान एक-एक विकेट लिए।

यसअघि, कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन बनाएको थियो। पोखराका मार्कस क्रिचलीले टोलीका लागि सर्वाधिक ३५ रन बनाए। जनकपुरका बलर ललित राजवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिएर पोखरालाई रोक्न सफल भए।

तपाईको प्रतिक्रिया