Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आईसीसी १९ वर्षमुनिको महिला टी–२० विश्वकप एशिया छनोटमा नेपालले कुवेतलाई २ सय १४ रनको लक्ष्य दिएको छ। यो नेपाली महिला टोलीले अहिलेसम्म बनाएको सबैभन्दा ठूलो स्कोर हो।

यूएईको सेभेन्स स्टेडियममा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा २ विकेट गुमाएर २१३ रन बनायो। कप्तान पूजा महतोले शानदार प्रदर्शन गर्दै ५७ बलमा शतक बनाउँदै कुल १३० रन नटआउट बनाइन्। यससँगै उनी नेपाली १९ वर्षमुनिको महिला टोलीबाट अन्तर्राष्ट्रिय शतक बनाउने पहिलो खेलाडी बनिन्। सोनी पाख्रिनले पनि टोलीका लागि योगदान दिँदै नटआउट ४२ रन बनाइन्।

यस प्रतियोगितामा नेपालले पहिलो खेलमा थाइल्यान्डलाई ६७ रनले र दोस्रो खेलमा कुवेतलाई १ सय ८ रनले पराजित गरेको थियो। तेस्रो खेलमा यूएईसँग १३ रनले पराजित भए पनि चौथो खेलमा थाइल्यान्डलाई १ सय ६ रनले हराउँदै आफ्नो प्रदर्शनलाई सुदृढ बनाएको छ।

प्रतियोगितामा यूएई, नेपाल, कुवेत र थाइल्यान्ड गरी चार टोलीले भाग लिएका छन्। सबै टोलीले एकअर्कासँग दुई खेल खेल्नेछन्। जसमा शीर्ष स्थानमा आउने टोलीले आगामी वर्ष मलेसियामा हुने १९ वर्षमुनिको महिला टी–२० विश्वकपका लागि छनोट हुनेछ।

 

 

तपाईको प्रतिक्रिया