Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – साफ वुमन्स च्याम्पियनसिप २०२४ समाप्त भएपछि नेपाली महिला राष्ट्रिय टोलीकी फरवार्ड सावित्रा भण्डारी साम्बा पुनः फ्रान्स प्रस्थान गरेकी छन्।

बुधबारको फाइनल खेलमा नेपाल बंगलादेशसँग २-१ गोल अन्तरले पराजित भएसँगै छैटौं पटक उपविजेतामा सीमित रह्यो। नेपालका लागि साफ च्याम्पियनसिपमा सहभागिता जनाउन फ्रान्सको शीर्ष श्रेणी महिला फुटबल लिग ‘प्रिमियरा लिग’ क्लब इए अभान्ट गुएग्यापबाट आएकी सावित्रा बिहीबार बिहान फ्रान्स फर्किएकी हुन्।

सावित्राले यस प्रतियोगितामा समूह चरण, सेमिफाइनल र फाइनल गरी तीन खेल खेलिन्। सेमिफाइनलमा भारतविरुद्धको खेलमा एक गोल गर्दै खेललाई पेनाल्टीसुटआउटसम्म पुर्याएकी सावित्राले सुटआउटमा पनि योगदान दिएकी थिइन्। नेपालले त्यस खेलमा भारतलाई ४-२ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। उनको टोली गुएग्यापले शनिबार लिगमा मोन्टपिलरसँग खेल्ने तयारी गरेको छ।

 

 

तपाईको प्रतिक्रिया