Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – श्रीलंकामा आयोजित सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनसिपमा उपविजेता बनेको नेपाली टोलीलाई सम्मानपूर्वक स्वागत गरिएको छ। आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि खेलाडीहरूलाई खादा, टीका र जमरा अर्पण गरी स्वागत गरिएको हो।

शनिबार सम्पन्न फाइनल खेलमा नेपाल उज्बेकिस्तानसँग ३-१ को सेटमा पराजित भएको थियो। असोज २० गतेदेखि सुरू भएको यो प्रतियोगिता शनिबार औपचारिक रूपमा समाप्त भएको हो। यो प्रतियोगितामा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपविजेताको स्थान हासिल गरेका छन्।

तपाईको प्रतिक्रिया