Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० पुरुष भलिबल च्याम्पियनसिपको फाइनलमा उज्बेकिस्तानसँग पराजित भएको छ। शनिबार श्रीलंकाको कोलम्बोमा भएको यस खेलमा नेपाल ३–१ को सेटले पराजित भएको हो। नेपालले पहिलो सेट २७–२५ को स्कोरले जिते पनि त्यसपछिका तीन सेटहरू लगातार गुमाउन पुग्यो। दोस्रो सेटमा नेपाल २५–१०, तेस्रो सेटमा २५–१६ र अन्तिम सेटमा २५–२० ले पराजित भयो।

नेपालले समूह चरणको अन्तिम खेलमा तुर्केमेनिस्तानलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। समूह चरणमा नेपालले श्रीलंका, तुर्केमेनिस्तान र माल्दिभ्सलाई पराजित गरेको थियो भने कीर्गिस्तान र उज्वेकिस्तानसँग हार बेहोरेको थियो।

श्रीलंकाको भलिबल फेडेरेसनले आयोजना गरेको यो प्रतियोगिता असोज २० गतेदेखि सुरु भएको थियो जसमा नेपालसहित आयोजक श्रीलंका, तुर्केमेनिस्तान, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तानले सहभागिता जनाएका थिए।

तपाईको प्रतिक्रिया