Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेले अन्ततः अमेरिकाको भिसा प्राप्त गरेका छन्। मंगलबार अमेरिकाले उनलाई भिसा दिएको हो। आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज खेल्ने नेपाली टोली मंगलबार राति क्यानडा उडिसकेको छ। सन्दीप पनि भिसा पाएपछि क्यानडा उडेका छन्।

क्यानडामा लिग–२ को सिरिज खेलिसकेपछि नेपाली टोली अमेरिका जाने छ। यसअघि टी–२० विश्वकपका लागि सन्दीपलाई भिसा अस्वीकृत गरेको अमेरिकाले यसपटक भने भिसा दिएको छ। सन् २०१९ मा पनि उनलाई भिसा नदिएको भए तापनि यसपटक अमेरिकाले भिसा प्रदान गरेको छ।

 

 

 

 

तपाईको प्रतिक्रिया