Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – नेपाल तेस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग ५ विकेटले पराजित भएको छ । नेपालले दिएको १६० रनको लक्ष्य पछ्याएको श्रीलंका डेभलपमेन्ट टिमले २६.५ ओभरमा पाँच विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । नेपालले पहिला ब्याटिङ गर्दै ४० ओभरमा १५९ रन बनाएको थियो। यसअघि दुई अभ्यास खेल वर्षाका कारण रद्द भएको थियो।

नेपालले श्रीलंकामा अभ्यास खेलका लागि १९ सदस्यीय टोली पठाएको छ। जसमा कप्तान रोहित पौडेल, आसिफ सेख, अनिल शाह, देव खनाल, भीम सार्की, आरिफ सेख, कुशल मल्ल, सोमपाल कामी, करण केसी, गुलशन झा, रिजन ढकाल, ललित राजबंशी, आकाश चन्द, सागर ढकाल, सन्दीप जोरा, कुशल भुर्तेल, अर्जुन साउद, दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछाने रहेका छन् ।

अभ्यास खेलपछि नेपालले क्यानडामा हुने आईसीसी क्रिकेट विश्वकप लिग २ सिरिजमा भाग लिन जानेछ।

तपाईको प्रतिक्रिया