Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले पेरिस पारालिम्पिकमा कास्य पदक जितेकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र उनको टोलीलाई सम्मान गरेका छन्। शीतल निवासमा आयोजित कार्यक्रमका दौरान राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पलेशालाई माला र दोसल्ला ओढाएर सम्मान गरे। पलेशाका प्रशिक्षक कविराज नेगी लामालाई पनि बधाई र शुभकामना दिइयो।

सम्मान समारोहमा बोल्दै, राष्ट्रपति पौडेलले पलेशाको उपलब्धिले देशको शीर उँचो भएको बताउँदै आगामी प्रतियोगितामा स्वर्ण पदकको आशा व्यक्त गरे। यस अवसरमा नेपाली सेनाको एक टुकडीले मंगलधुन बजाएर स्वागत गरेको थियो। कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरी, पलेशाका अभिभावक र खेल संघका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

पलेशाले पेरिस पारालिम्पिक्समा तेक्वान्दोको के ४४ विधाअन्तर्गत महिला ५७ केजीमुनिको प्रतिस्पर्धामा सर्बियाकी खेलाडीलाई पराजित गर्दै कास्य पदक जितेकी हुन्। यो पदक नेपालले विश्व खेलकुदमा हासिल गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता हो।

तपाईको प्रतिक्रिया