Deneme Bonusu Veren Siteler
शुक्रबार, जेष्ठ २२, २०८३
Friday, June 5, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दामा सरकार सर्वोच्च अदालतमा पुनरावेदन गर्न लागेको छ। उच्च सरकारी वकिलको कार्यालयले यसबारे रायसहितको फाइल महान्यायाधिवक्ताको कार्यालयमा पठाइसकेको छ, जसले गर्दा पुनरावेदन प्रक्रिया अघि बढ्न लागेको हो।

यसअघि, काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गरेको भए पनि, उच्च अदालत पाटनले उनलाई सफाइ दिएको थियो। तर, सफाइपछि घटनामा पीडित भनिएकी गौशाला–२६ (परिवर्तित नाम) ले महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा अघि नबढाइदिन निवेदन दिएकी थिइन्।

अब, महान्यायाधिवक्ताको कार्यालयले उक्त निवेदनलाई पनि संलग्न गरेर सर्वोच्च अदालतमा पुनरावेदन गर्ने तयारी गरेको छ।

तपाईको प्रतिक्रिया