Deneme Bonusu Veren Siteler
बिहिबार, जेष्ठ २१, २०८३
Thursday, June 4, 2026

साइक्लिङ गर्नु स्वास्थ्यका लागी निकै लाभदायक हुन्छ । साइक्लिङले शरीरलाई मेन्टेन पनि गर्छ र फिट राख्छ । दैनिक साइकल चलाउने व्यक्तिको पाचन क्रिया राम्रो र तीव्र हुन्छ ।

फलतः आन्द्राको क्यान्सरको खतरा पनि कम हुन्छ । एक अध्ययन अनुसार मानिसहरूले दैनिक साइक्लिङ गर्ने हो भने मुटु रोगका कारण मृत्यु हुनेको सङ्ख्या पनि कम हुने देखिएको छ । साथसाथै, मानिसलाई खुसी पनि बनाउँछ । किनकि, यो एक तरिकाको कार्डियो वर्कआउट नै हो ।

अध्ययनअनुसार शारीरिक श्रमको कमीका कारण निद्रा नआउने समस्या भोगिरहेका मानिसहरूले व्यक्तिले दैनिक २० देखि ३० मिनेट साइकल चलाउने हो भने मज्जाको निद्रा प्राप्त गर्छन्।

साथै साइक्लिङले इम्युनिटी अर्थात् रोग प्रतिरोधी क्षमतालाई पनि बलियो बनाउँछ । यसकारण तपाईँले पनि साइक्लिङ गर्ने बानी बसाल्नुहोस् । यसले तपाईँको दिमाग र मुडलाई फ्रेस बनाउँछ बनाउँछ ।

समूहमा खेलिने खेल, साइक्लिङ तथा एरोबिक्सको हाम्रो मानसिक स्वास्थ्यमा राम्रो प्रभाव पार्छ । यसर्थ व्यायाममा तपाईँले साइक्लिङ समेट्नुहोस् ।

तपाईको प्रतिक्रिया