Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

काठमाडौं – तीव्र गतिका बलर कमल सिंह ऐरी र स्पिनर सागर ढकाललाई समेट्दै नेपालले आइसीसी टि२० विश्वकपका लागि टोली घोषणा गरेको छ । नेपालले यसै महिना खेलेको एसीसी प्रिमियर कपबाट २ परिवर्तन गरेको हो ।

विवेक यादव र आकाश चन्दको स्थानमा कमल र सागर टिममा आएका हुन् । वेस्ट इन्डिज ए विरुद्ध सिरिजबाट विवेक र विनोदसँगै आकाश चन्द, आरिफ शेख र लोकेश बम टिममा परेनन् ।

अन्तिम टोली : रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ शेख, अनिल शाह, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, कमल सिंह ऐरी, प्रतिश जिसी, ललित नारायण राजवंशी, सागर ढकाल ।

टी-२० विश्वकपकमा नेपाल रहेको समूह डी मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्स छन् ।

तपाईको प्रतिक्रिया