Deneme Bonusu Veren Siteler
शनिबार, जेष्ठ ३०, २०८३
Saturday, June 13, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – आईसीसी यू–१९ विश्वकप आज (शुक्रबार) दक्षिण अफ्रिकामा सुरु हुँदै छ। विश्वकपको पहिलो दिन आज २ खेल हुँदै छन्। आज समूह एका आयरल्यान्ड र अमेरिका तथा समूह बीमा आयोजक दक्षिण अफ्रीका र वेस्ट इन्डिज खेल्ने तालिका छ। दुवै खेल दिउँसो पौने २ बजे सुरु हुनेछ। नेपालले भने आफ्नो पहिलो खेलमा आइतबार न्युजिल्यान्डसँग खेल्ने छ। नेपाल समूह डीमा छ। नेपाल रहेको समूहमा पाकिस्तान र अफगानिस्तान छन्। दोस्रो खेलमा १० गते पाकिस्तान र समूह चरणको अन्तिम खेलमा १२ गते घरेलु टोली अफगानिस्तानसँग खेल्ने तालिका छ।

प्रतियोगितामा सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। हरेक समूहका शीर्ष तीन टोली सुपर ६ मा पुग्नेछन्। समूह एमा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन्। समूह बीमा इंग्ल्यान्ड, दक्षिण अफ्रिका, वेस्टइन्डिज र स्कटल्यान्ड तथा समूह सीमा अस्ट्रेलिया, श्रीलंका, जिम्बावे र नामिबिया छन्। समूहको शीर्ष ३ स्थानमा रहने टोली सुपर ६ मा पुग्नेछन्। समूह एका टोलीले समूह डी तथा समूह बी र समूह सीका टोलीले एकअर्कासँग खेल्ने तालिका छ।

सुपर सिक्सका दुई समूहका शीर्ष टोलीले भने सेमिफाइनलमा खेल्नेछन्। समूहको पुछारमा रहने टोलीले भने स्थान निर्धारणका लागि खेल्नेछन्। हरेक समूहका पुछारका टोलीले १२ देखि १६औँ स्थानका लागि प्लेअफ खेल्नेछन्।

 

तपाईको प्रतिक्रिया