Deneme Bonusu Veren Siteler
आइतवार, जेष्ठ ३१, २०८३
Sunday, June 14, 2026

समाचार सुन्नुहोस : 

काठमाडौँ – चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डो सन् २०२३ को सर्वाधिक गोलकर्ता बनेका छन् ।फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी केलियन एम्बाप्पेलाई पछि पार्दै रोनाल्डो सन् २०२३ का सर्वाधिक गोलकर्ता बनेका हुन् । ५४ गोलसहित रोनाल्डो वर्षकै बढी गोल गर्ने खेलाडी बनेका हुन् ।

साउदी प्रो लिगमा शनिबार अल-तावुनविरुद्ध ४-१ को जितमा इन्ज्युरी समयका गोल गर्दै क्रिस्टियानोले ५४ गोल पुर्याएका थिए । यसवर्ष बायर्न म्युनिखका ह्यारी केन र पिएसजीका किलियन एम्बाप्पेले समान ५२ गोल गरेका छन् । त्यस्तै म्यानचेस्टर सिटीका एर्लिङ हालान्डको नाममा ५० गोल छ ।रोनाल्डो यसअघि सन् २०११, २०१३, २०१४ र २०१५ मा पनि वर्षको सर्वाधिक गोलकर्ता बनेका थिए ।

प्रशिक्षक एरिक टेन हाग युनाइटेड भित्रिएपछि क्रिस्टियानोले सुरुवाती रोजाइमा आफ्नो स्थान गुमाएका थिए । त्यसपछि उनी साउदी प्रो लिग टोली अल-नासरसँग आवद्ध भए ।

तपाईको प्रतिक्रिया